+
+
Shares

पोखरामा माछापुच्छ्रे दौड आयोजना हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा ‘माछापुच्छ्रे दौड’ मंसिर २६ गते पोखरामा सञ्चालन हुने भएको छ।
  • बैंकले यो प्रतियोगिताका लागि हिमालयन ट्रेल रनिङसँग सहकार्य गरेको छ।
  • प्रतियोगितामा ५ किलोमिटर, १२ किलोमिटर, २१ किलोमिटर र ४२ किलोमिटर गरी चार विधा रहनेछन्।

३ मंसिर, पोखरा । माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा ‘माछापुच्छ्रे दौड’ आगामी मंसिर २६ गते पोखरामा सञ्चालन हुने भएको छ ।

बैंकले नेपालको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस प्रतियोगिताको सञ्चालक हिमालयन ट्रेल रनिङसँग सहकार्य गरेको हो ।

प्रतियोगिताले स्वस्थ जीवनशैलीको प्रवद्र्धन तथा पोखराको साहसिक पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ ।

प्रतियोगिहरूले आफ्नो क्षमता र रुचि अनुसार ५ किलोमिटर, १२ किलोमिटर (कर्पोरेट विधा), २१ किलोमिटर र ४२ किलोमिटर गरी चार विधामा सहभागी हुन सक्नेछन् । इच्छुक धावकहरूले आयोजकको आधिकारिक वेबसाइट मार्फत आफूलाई उपयुक्त विधा छनोट गरी अनलाइन दर्ता गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?