+
+

प्रचण्ड भाग्न खोजे पनि हामी दिँदैनौं : बाबुराम-नारायणकाजी

२७ कात्तिक, काठमाडौं । एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टी अध्यक्ष प्रचण्डलाई संविधान निर्माण प्रक्रियाबाट बाहिर जान नदिने सन्देश दिएका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रोल्पाबाट काठमाडौं फर्किदै गर्दा वरिष्ठ नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले बाबुराम निवास सानेपामा संयुक्त पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा बाबुराम र नारायणकाजीसँगै बाबुराम पक्षधर संसदीय दलका उपनेता टोपवहादुर रायमाझी र नेताहरु देवेन्द्र पौडेल र हिसिला यमी लहरै बसे ।

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २७ गते १५:०९

baburam and narayan kaji press meet 1

राजनीतिक टिप्पणी

२७ कात्तिक, काठमाडौं । एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टी अध्यक्ष प्रचण्डलाई संविधान निर्माण प्रक्रियाबाट बाहिर जान नदिने सन्देश दिएका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रोल्पाबाट काठमाडौं फर्किदै गर्दा वरिष्ठ नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले बाबुराम निवास सानेपामा संयुक्त पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा बाबुराम र नारायणकाजीसँगै बाबुराम पक्षधर संसदीय दलका उपनेता टोपवहादुर रायमाझी र नेताहरु देवेन्द्र पौडेल र हिसिला यमी लहरै बसे ।

पत्रकार सम्मेलनमा नेताहरुले पार्टी अध्यक्ष प्रचण्डको बचाउ गर्दै रोल्पा जाँदैमा माओवादी संविधान निर्माण र वार्ता प्रक्रियाबाट भाग्यो भनेर प्रचार गरिएको भन्दै खण्डन गरे ।

पाँचथरदेखि जनकपूर हुँदै रोल्पासम्म पुग्दा प्रचण्डले दिएका अभिव्यक्तिबाट कांग्रेस एमाले जसरी बिच्किएका छन्, बाबुराम नारायणकाजी मनोदशा पनि त्यस्तै त्यस्तै थियो । त्यसैले, विलरै एक ठाउँमा आउने बाबुराम र नारायणकाजीको संयुक्त पत्रकार सम्मेलन गरेर सन्देश दिए कि ‘प्रचण्डलाई संविधानसभाबाट संविधान निर्माण गर्ने प्रक्रियाबाट बाहिर जान दिँदैनौं ।’

baburam and narayan kaji press meet 2

पत्रकार सम्मेलनमा उपाध्यक्ष नारायणकाजीले भनेको ‘अध्यक्ष कमरेडले बाहिर जाँदा के भन्नुभयो त्यसबारे उहाँसँग भेटेरै प्रष्ट हुन पर्ला तर पार्टीको आधिकारिक लाइन भनेको संविधानसभाबाट माघ ८ मै संविधान जारी गर्नेनै हो’ भन्ने अभिव्यक्तिले पनि प्रष्ट पार्छ ।

त्यसो भए प्रचण्ड फर्किएकै दिन दुई नेताले एकैठाउँमा पत्रकार सम्मेलन गर्नुको सन्देश के हो त ? अनलाइनखबरको यो प्रश्नमा उपनेता रायमाझीको सटिक जवाफ छ-‘कांग्रेस एमाले र अध्यक्ष प्रचण्ड दुवैलाई सहमतिबाट नभाग भन्न खोजिएको हो ।’

‘अध्यक्ष प्रचण्डले जे जे भनेर हिडे पनि एमाओवादी पार्टीका हामी नेताहरु सहमतिको पक्षमा छौं, संविधान बनाउनुपर्छ भन्ने पक्षमा छौं भन्ने सन्देश दिन खोजिएको हो’ अर्का एक नेताले भने-‘प्रचण्ड भागे पनि हामी भागेका छैनौं है भन्ने पनि हो ।’

बाबुराम भट्टराई संविधानसभा र लोकतान्त्रिक गणतन्त्रका आर्किटेक्ट हुन् । उनी जुनसुकै हालतमा पनि संविधानसभाबाट संविधान जारी गर्नुपर्छ भन्नेमा दृढ छ । त्यस्तै नारायणकाजी पनि १२ बुँदे समझदारीदेखिका संविधानसभा र गणतन्त्र स्थापनाका अभियन्ता हुन् ।

पार्टी एकीकरणपछि प्रायः नमिलेका बाबुराम नारायणकाजी संविधानसभा जोगाउने र संविधान बनाउने मूल्यमा एक ठाउँमा उभिन बाध्य भएको टिप्पणी एमाओवादी नेताहरुले गरेका छन् ।

‘संविधानसभाबाटै संविधान जारी गर्नुपर्छ पार्टीको आधिकारिक निर्णयभन्दा अध्यक्षले पनि  दायाँ बायाँ गर्न पाउनुहुन्न भन्ने सन्देश दिन खोजेको हुनुपर्छ’ रायमाझीले भने-‘बाबुराम र नारायणकाजी एक ठाउँमा उभिँदा कांग्रेस एमाले र पार्टीभित्र पनि एक प्रकारको दबाव सिर्जना गर्छ ।’

सन्देश नम्बर दुई

बाबुराम नारायणकाजीले अर्को सन्देश दिए, सहमतिका लागि वार्ता गर्न प्रचण्ड अनिवार्य होइन । ‘हामी पार्टीको लाइन अनुसार वार्ता सम्वाद मात्र होइन, सहमति पनि गर्न सक्छौं भन्ने सन्देश पनि दिन खोजिएको हो’ माओवादीका एक शीर्ष नेताले अनलाइनखबरसँग भने ।

प्रचण्ड रोल्पा जानासाथ बैठकहरु नै बस्न छाडेको र कांग्रेस र एमालेले कुनै छलफल नगरेपछि यो सन्देश दिएको उनले बताए ।

बिरामी बाबुरामले पार्टी र प्रचण्डको अस्थिर अभिव्यक्तिबारे कुनै टिप्पणी गर्न नचाहनु र पार्टीको धारणा नारायणकाजीलाई राख्न लगाएर आफू संवाद समितिको सभापतिको हैसियतमा मात्र प्रकट भए । कांग्रेस र एमालेका नेताहरुले पछिल्लो पटक बाबुराम सम्वाद समितिको सभापति कम र माओवादी नेता बढी भएको आरोप लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?