News Summary
Generated by OK AI. Editorially reviewed.- एनपीएल तेस्रो सिजनको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोएल्स फाइनलमा भिड्ने भएका छन्।
- बिहीबारको दोस्रो क्वालिफायरमा सुदूरपश्चिमले चितवन राइनोजलाई ३ विकेटले हराउँदै लगातार तेस्रो पटक फाइनल पुगेको हो।
- यस सिजन लुम्बिनीले सुदूरपश्चिमलाई लिग चरण र पहिलो क्वालिफायर दुवैमा हराइसकेको छ।
३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोएल्स भिड्ने भएका छन् ।
बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले लुम्बिनी लायन्ससँग फाइनल भेट पक्का गरेको हो ।
सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल पुगेको हो भने लगातार दोस्रो पटक लुम्बिनी र सुदूरपश्चिमको फाइनल हुन लागेको हो ।
यस अघि दोस्रो सिजनमा पनि यी दुई टिम नै फाइनलमा खेलेका थिए । जहाँ लुम्बिनीले सुदूरपश्चिमलाई हराएर उपाधि जितेको थियो ।
यस पटक लिग चरणमा लुम्बिनी ११ अंकसहित शीर्ष स्थानमा रहँदा सुदूरपश्चिम १० अंक जोडेर दोस्रो स्थानमा रहेको थियो ।
पहिलो क्वालिफायरमा पनि यी दुई टोली भिड्दा लुम्बिनीले एक पक्षिय जित हात पार्दै फाइनल पुगेको हो । सुदूरपश्चिमले त्यसपछि अर्को अवसर पाउँदा चितवनलाई हराएर लुम्बिनीसँग नै उपाधि भिडन्त पक्का गरेको हो ।
यस सिजन अहिलेसम्म लुम्बिनी र सुदूरपश्चिम दुई पटक भेट हादा दुवै खेल लुम्बिनी लायन्सले जितेको छ । अब फाइनल खेल एकै सिजन यी दुईको तेस्रो भेट हुनेछ । सुदूरपश्चिम पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
प्रतिक्रिया 4