News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको तयारीबारे राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरिरहेको छ।
- छलफलमा रास्वपाका सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन्।
- एमाले अध्यक्ष केपी शर्मा ओली पुगे पनि देवेन्द्र दाहाललाई छलफलमा बस्न भनेर आफू बाहिरिएका छन्।
४ मंसिर, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी अगाडि बढाएको छ । यस अन्तर्गत राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरू छलफल गरिरहेको छ ।
निर्वाचन आयोगमा जारी छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरू सहभागी छन्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि पुगेका थिए । तर उनी पार्टीको निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा बस्न भनेर आफू बाहिरिएका छन् ।
यसअघि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल आगामी २०८४ साल वैशाख ३० मा सकिँदैछ ।
गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुन्छ । अघिल्लो निर्वाचनबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिन अब करिब पाँच महिना बाँकी छ ।
यो पृष्ठभूमिमा निर्वाचन आयोगले राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरू छलफल गरेको हो ।
तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर










प्रतिक्रिया 4