News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको फाइनल खेलको टिकट बिक्री सुरु नहुँदै टिकटिङ प्लेटफर्ममा ‘सोल्ड आउट’ देखिएको छ।
- दिउँसो १ बजे खुल्ने भनिएको बिक्रीमा पनि केही प्रयोगकर्ताले टिकट काट्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन्।
- यसअघि पनि एनपीएलका खेलमा टिकट बिक्रीका बेला प्राविधिक समस्या र छिट्टै ‘सोल्ड आउट’ हुने गुनासो आएका थिए।
४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’ देखिएको छ।
शुक्रबार दिउँसो १ बजे टिकट बिक्री खुल्ने भनिए पनि त्यसअघि नै टिकटिङ प्लेटफर्ममा ‘सोल्ड आउट’ देखिएपछि दर्शकले असन्तुष्टि जनाएका छन्।
दिउँसो १२ बजेर ५७ मिनेटमा टिकटिङ प्लेटफर्म हेर्दा नै फाइनलको टिकट ‘सोल्ड आउट’ देखिएको थियो। केही प्रयोगकर्ताको स्क्रिनमा भने टिकट बिक्री दिउँसो १ बजे खुल्ने समय देखिएको थियो। तर, बिक्री सुरु हुने समय भएपछि प्रयास गर्दा पनि टिकट काट्न नसकेको उनीहरूले बताएका छन्।
धेरै प्रयोगकर्ताले दिउँसो १ बजेर १ मिनेटमा टिकट काट्ने प्रयास गर्दा पनि सफल नभएको बताएका छन्। टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’ देखिनु र बिक्री खुल्ने समय देखिएका प्रयोगकर्ताले समेत टिकट किन्न नसक्नुले सामाजिक सञ्जालमा असन्तुष्टि बढेको छ।
यसअघि पनि एनपीएलका खेलको टिकट बिक्री खुल्ने समयमा प्राविधिक समस्या देखिने र केही समयमै टिकट ‘सोल्ड आउट’ हुने गरेको भन्दै दर्शकले गुनासो गरेका थिए।
फाइनलको टिकट बिक्रीमा पनि उस्तै समस्या देखिएपछि टिकट व्यवस्थापनमाथि प्रश्न उठेको छ।
प्रतिक्रिया 4