+
राइजिङ स्टार्स एसिया कप :

तिलक र कुशाग्रको शतकमा भारतले नेपाललाई दियो बलियो लक्ष्य

२०८३ मंसिर  ४ गते १९:४४ २०८३ मंसिर ४ गते १९:४४

४ मंसिर, काठमाडौं । कुमार कुशाग्र र कप्तान तिलक वर्माले शानदार शतक बनाएपछि राइजिङ स्टार्स एसिया कपमा भारतले नेपालसामू बलियो योगफल खडा गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारत ए ले ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन बनाएको हो ।

कुशाग्रले ११७ तथा तिलकले १०७ रन बनाए । सुर्यांश सेड्गेले १४ बलमा अविजित ३६ रन बनाए । त्यसअघि ओपनर वैभव सूर्यवंशीले २६ रन बनाएका थिए ।

भारत ४२-३ को अवस्थामा हुँदादेखि कुशाग्र र तिलक मिलेर चौथो विकेटका लागि २०६ रनको शानदार दोहोरो शतकीय साझेदारी बनाए ।

भारतको स्कोर २४८ हुँदा कुशाग्र ललित राजवंशीको बलमा बोल्ड भए । शतक बनाएपछि असहज महसुस गरिरहेका तिलक नन्दन यादवको बलमा आउट भए ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र ललित राजवंशीले ३-३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिँदा पवन सर्राफले १ विकेट लिए ।

नेपाली क्रिकेट टोली भारत ए क्रिकेट राइजिङ स्टार्स एसिया कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय