+
+
Shares

साउदी गठबन्धनद्वारा हुथी विद्रोहीका कार्यशाला र आपूर्ति केन्द्र ध्वस्त

आक्रमणमा हुथी विद्रोहीले क्षेप्यास्त्र प्रक्षेपण प्रणाली र ड्रोनका पार्टपुर्जा निर्माण तथा जडान गर्न प्रयोग गर्दै आएका ६ वटा कार्यशाला ध्वस्त पारिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते २०:००

साउदी नेतृत्वको गठबन्धनले यमनको राजधानी सानामा बिहीबार बिहानै हवाई आक्रमण गर्दै हुथी विद्रोहीका ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन क्षमतासँग सम्बन्धित संरचनालाई निशाना बनाएको जनाएको छ ।

गठबन्धनका प्रवक्ता तुर्की अल–मल्कीले सामाजिक सञ्जाल एक्समार्फत आक्रमणमा हुथी विद्रोहीले क्षेप्यास्त्र प्रक्षेपण प्रणाली र ड्रोनका पार्टपुर्जा निर्माण तथा जडान गर्न प्रयोग गर्दै आएका ६ वटा कार्यशाला ध्वस्त पारिएको जानकारी दिएका छन् ।

उनका अनुसार आक्रमणमा हुथी विद्रोहीको एक प्रमुख आपूर्ति केन्द्रसमेत ध्वस्त भएको छ ।

यसअघि सानामा बिहानै शृङ्खलाबद्ध भीषण हवाई आक्रमण भएको र विस्फोटका आवाज सुनिएको समाचार सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?