+
+
Shares

रुसी उपविदेशमन्त्रीले भने- युक्रेनलाई नेटो सदस्यता दिने कुरा हामीलाई स्वीकार्य छैन

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुसनरले बिहीबार युक्रेनसम्बन्धी बहुपक्षीय वार्ता संयन्त्रमा युरोपेली सहभागिताका लागि रुस सहमत भएको बताएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते २०:१९

रुसी उपविदेशमन्त्री सर्गेई र्‍याबकोभले युक्रेनलाई नेटो सदस्यता दिने कुरा रुसका लागि स्वीकार्य नहुने बताएका छन् । रुसले युक्रेनको सुरक्षा प्रत्याभूतिसम्बन्धी विषयमा छलफल गर्नुअघि नेटो (उत्तर एटलान्टिक सन्धि सङ्गठन) को सदस्यता नलिने आफ्नो मागलाई युक्रेनले स्वीकार गर्नुपर्ने उनले धारणा राखे ।

सर्गेईले रुस संवादका लागि तयार रहेको उल्लेख गर्दै युक्रेनको नेटो सदस्यताको विषयमा भने कुनै सम्झौता हुन नसक्ने स्पष्ट पारे ।

उनका अनुसार युक्रेनले नेटो सदस्यता नलिने रुसी माग स्वीकार गरेपछि मात्र उसलाई प्रदान गरिने सुरक्षा प्रत्याभूतिबारे विभिन्न विकल्पमा छलफल गर्न सकिनेछ ।

नेटोको पूर्ण सदस्यता नभए पनि त्यससँग मिल्दोजुल्दो हैसियत प्रदान गर्ने वा यस विषयमा अन्य वैकल्पिक व्यवस्था खोज्ने प्रस्तावसमेत रुसलाई स्वीकार्य नहुने उनले बताए ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुसनरले बिहीबार युक्रेनसम्बन्धी बहुपक्षीय वार्ता संयन्त्रमा युरोपेली सहभागिताका लागि रुस सहमत भएको बताएका थिए । उनले युक्रेनलाई नेटो सन्धिको धारा ५ अनुरूप सुरक्षा प्रत्याभूति प्रदान गर्ने अवधारणाप्रति पनि रुस सकारात्मक रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?