४ मंसिर, काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका–६ महतगाउँमा सरकारी मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–७ का ४२ वर्षीय हेमबहादुर महत रहेका छन् ।
प्रहरीका अनुसार शुक्रबार साँझ करिब ६ बजे जुम्ला बजारबाट तातोपानीतर्फ जाँदै गरेको क १ ब २७३ नम्बरको सरकारी मोटरसाइकलले महतलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो ।
तर, चिकित्सकले साँझ ७ बजे उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि मोटरसाइकल चालक फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल भने जिल्ला प्रहरी कार्यालय जुम्लाको नियन्त्रणमा रहेको छ ।
प्रतिक्रिया 4