+
+
Shares

रास्वपाको अपेक्षा– प्रधानमन्त्रीको भ्रमणले विश्वास र साझेदारी अभिवृद्धिमा योगदान पुर्‍याउनेछ

रविले बालेनलाई भनेका छन्– यो भ्रमण कोसेढुंगा सावित होस्

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ६ गते १३:१६

६ मंसिर, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन शाहको दुई दिने भारत भ्रमणले दुई देशबीचको आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको बताएको छ ।

प्रधानमन्त्री शाह आज दुई दिने भ्रमणका लागि भारत प्रस्थान गर्दैछन् ।

सोही अवसरमा शुभकामना दिँदै रास्वपा महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘यस भ्रमणले दुई देशबीच विद्यमान ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।’

भेटका अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारीसमेत रहेको रास्वपाले जनाएको छ ।

भ्रमणबारे प्रधानमन्त्री शाहले सभापति रवि लामिछानेसँग विस्तृत छलफल तथा जानकारी गराएको पनि रास्वपाले जनाएको छ ।

‘उक्त अवसरमा सभापतिज्यूले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन यो भ्रमण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभएको छ,’ रास्वपाको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?