+
+
Shares

एमाले महासचिव भन्छन- अल्गोरिदमले समाजमा विकृति र भ्रम फैलायो

पपुलिस्ट, अराजकतावादी र अवसरवादी प्रवृत्तिबाट समाजलाई जोगाउनुपर्ने अवस्था सिर्जना भएको पनि उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ६ गते १९:०५

६ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अल्गोरिदमले समाजमा विकृति र भ्रम फैलाइरहेको बताएका छन् ।

काठमाडांैको टोखामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले प्रविधि र सामाजिक सञ्जालको दुरुपयोगले मौलिक संस्कृति र परम्परामाथि चुनौती थपिएको बताएका हुन् ।

उनले सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोगले समाजका मौलिक संस्कृति, परम्परा र मूल्य–मान्यतामाथि नकारात्मक प्रभाव पारिरहेको बताए ।

सूचना प्रविधिको विकासलाई आत्मसात् गर्दै त्यसबाट सिर्जना हुने विकृति नियन्त्रण गर्नुपर्नेमा पोखरेलले जोड दिए ।

पपुलिस्ट, अराजकतावादी र अवसरवादी प्रवृत्तिबाट समाजलाई जोगाउनुपर्ने अवस्था सिर्जना भएको पनि उनले बताए ।

अर्को प्रसंगमा उनले अहिलेको सरकारले महँगी नियन्त्रण र जनताको जीवनस्तर सुधार गर्न नसकेको आरोप लगाए । सरकारको मुख्य दायित्व जनताको सुख, सुविधा र समृद्धि सुनिश्चित गर्नु भए पनि त्यसअनुसार काम हुन नसकेको उनले टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?