+
+
Shares

इन्डोनेसिया मिठाइ कारखाना आगलागी : मृतकको संख्या ६ पुग्यो, ३३ जना बेपत्ता

आइतबार बिहानसम्म आगो नियन्त्रणमा आइसकेको थियो । आगलागी हुँदा कारखानाभित्र धेरै कर्मचारी काम गरिरहेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ६ गते १९:५७

इन्डोनेसियाको बान्टेन प्रान्तस्थित सेराङ जिल्लाको सिकान्डेमा मिठाइ कारखानामा आगलागी घटनामा मृत्यस हुनेको संख्या ६ पुगेको छ । अझैं ३३ जना बेपत्ता छन् ।

शनिबार साँझ कारखानामा आगलागी भएको थियो । राष्ट्रिय खोज तथा उद्धार एजेन्सी (बासार्नास) का अनुसार आइतबार दिउँसोसम्म ६ जनाको शव बाहिर निकालिएको छ । घटनामा अन्य चार जना घाइते भएका छन् ।

आइतबार बिहानसम्म आगो नियन्त्रणमा आइसकेको थियो । आगलागी हुँदा कारखानाभित्र धेरै कर्मचारी काम गरिरहेका थिए । आगो फैलिन थालेपछि उनीहरू ज्यान जोगाउन बाहिर निस्कने प्रयास गरेका थिए ।

आइतबार बिहान कारखानाको गेटबाहिर बेपत्ता कर्मचारीका परिवारजन आफ्ना आफन्तको खोजीमा थिए । उनीहरूमध्ये सिती जौहरी पनि आफ्ना भाइ मुहम्मद मारुफिनको प्रतीक्षामा थिइन् । आगलागी भएदेखि नै भाइसँग उनको सम्पर्क हुन सकेको छैन ।

इन्डोनेसियाली अनलाइन समाचार पोर्टल कोम्पास डटकमसँग कुरा गर्दै सितीले कारखाना व्यवस्थापनले अहिलेसम्म कुनै जानकारी नदिएको बताइन् ।

‘कारखाना व्यवस्थापनबाट अहिलेसम्म कुनै जानकारी आएको छैन । मेरो भाइलाई के भयो भन्ने पनि बताइएको छैन,’ उनले भनिन् ।

विद्यालयको पढाइ पूरा गरेदेखि नै उनका भाइ उक्त कारखानामा काम गर्दै आएका थिए । सात वर्षको एउटा सन्तानका पिता रहेका भाइ सकुशल भेटिने र छिट्टै घर फर्किने आशामा सिती अझै प्रतीक्षारत छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?