+
+
Shares

भारतीय राष्ट्रपतिसँग प्रधानमन्त्री बालेनको भेट

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन्। 

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते १६:०२

७ मंसिर, काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री शाहले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता र दुई देशबीच विभिन्न समझदारी गरेका थिए।

त्यसपछि शाह भारतीय समकक्षीको आयोजनामा भएको दिवा भोजमा सहभागी भएका थिए। त्यसलगत्तै उनले भारतीय राष्ट्रपति भेट गरेका हुन्।

आइतबार भारत गएका प्रधानमन्त्री शाह दुई पक्षीय भेटवार्ता सकेर आजै स्वदेश फर्किँदैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?