७ मंसिर, काठमाडौं । दशौँं राष्ट्रिय खेलकुद अन्तर्गत मंसिर ८ गतेदेखि सुरु हुने भनिएको पुरुष क्रिकेट प्रतियोगिता दुई दिन पछि सरेको छ ।
यसअघि महिला र पुरुष दुवैको क्रिकेट प्रतियोगिता ८ गतेदेखि नै सुरु गर्ने गरी राष्ट्रिय खेलकुद परिषद (राखेप) ले खेलतालिका सार्वजनिक गरेको थियो ।
तर राखपले सोमबार पुरुषक्रिकेटको नयाँ तालिका सार्वजनिक गर्दै मंसिर १० गतेदेखि सुरु हुने जनाएको छ ।
पुरुषतर्फ सात प्रदेश, तीन विभागीय र एनआरएनए गरी ११ वटै टिमको सहभागिता छ । सहभागी टिमलाई चार समूहमा बाँडिएको छ ।
समूह ‘ए’ मा आर्मी, गण्डकी र एनआरएनए छन् । समूह ‘बी’ मा सुदूरपश्चिम, लुम्बिनी र कर्णाली, समूह ‘सी’ मा एपीएफ, कोशी र बागमति तथा समूह ‘डी’ मा मधेश र पुलिस छन् । प्रत्येक समूहका शीर्ष स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् ।
प्रतियोगिताको पहिलो खेल मंसिर १० गते बिहान साढे ९ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली प्रदेशबीच हुनेछ । यस्तै दिउँसो सवा एक बजे हुने खेलमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब बीच प्रतिस्पर्धा हुनेछ ।
फाइनल खेल १७ गते हुनेछ ।
महिला क्रिकेट भने मंसिर ८ गते नै सुरु हुनेछ ।

प्रतिक्रिया 4