+
+
Shares

ईपिजी प्रतिवेदन विगत भइसक्यो : भारतीय विदेश सचिव

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते २१:५१

७ मंसीर, काठमाडौं । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रिले नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपिजी)को प्रतिवेदन ‘विगत’ भइसकेको बताएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भ्रमण लगत्तै मिश्रीले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

सञ्चारकर्मीको प्रश्नको जवाफ दिने क्रममा मिश्रीले भने, ‘त्यो के रे, प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन, म भन्छु त्यो त विगतको कुरा भइसक्यो। हामी यस विशेष मुद्दामा अगाडि हेरिरहेका छौं, पछाडि फर्किएर हेरेका छैनौं।’

ईपिजी प्रतिवेदन असान्दर्भिक भइसकेको मिश्रीको टिप्पणी छ ।

नेपाल र भारतबीचका पुराना सन्धि–सम्झौताहरूको पुनरवलोकन गरेर समयसापेक्ष सुझाव दिने गरी २०१६ मा दुवै देशका विज्ञ सम्मिलित समूह गठन भएको थियो ।

नेपालबाट पूर्व परराष्ट्रमन्त्री डा. भेषबहादुर थापा र भारतबाट भारतीय जनता पार्टीका नेता भगत सिंह कोश्यारीले इपिजीको नेतृत्व गरेका थिए । उनीहरूले सन् १९५० को नेपाल भारत सन्धिसहित दुईपक्षीय विवादका विभिन्न विषयमा समेटेर प्रतिवेदन तयार पारेका थिए ।

यो प्रतिवेदन पहिला भारतीय प्रधानमन्त्रीले बुझ्ने र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने सहमति भएको थियो । तर भारतीय प्रधानमन्त्रीले प्रतिवेदन बुझ्न अस्विकार गर्दै आएको जानकारहरू बताउँछन् ।

त्यहि प्रतिवेदनलाई भारतीय विदेश सचिवले असान्दर्भिक भइसकेको टिप्पणी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?