८ मंसिर, पाल्पा । पाल्पाका दुई पालिकामा न्वागी महोत्सव आयोजना गरिएको छ । पुर्खौंदेखि चलिआएको प्रचलन अनुसार रैनादेवी छहरा गाउँपालिकाको रैनादेवी मन्दिर र तिनाउ गाउँपालिकाको झ्यांग्ला लगायतका गाउँमा न्वागी खाने अवसरमा मेला नै लगाइएको हो।
नयाँ धान भित्र्याएपछि देवीलाई चडाएर मात्रै खाने प्रचलन अनुसार मेला आयोजना गरिएको स्थानीयहरू बताउँछन् ।
मेलामा नयाँ चामलाई दहीसहित अन्य मीठाइका परिकारसँग मिसाएर देवीलाई चडाएर मात्रै स्थानीयले सेवन गर्ने प्रचलन रहेको छ।
यसरी देवीलाई चडाएरपछि मात्रै नयाँ चामल खान सुरु गर्नाले अन्न खपत हुने, मुसा किराले नखाने र गाउँका मानिस र गाईवस्तुलाई पनि राम्रो हुो विश्वासका साथ न्वागी पर्व मनाइँदै आएको तिनाउस्थित दोभानका राजेश श्रेष्ठले बताए ।
यस्तै रैनादेवी छहरा-३ को रैनादेवी मन्दिर परिसरमा दुई दिनसम्म न्वागी मेला सञ्चालन भएको मेलामा न्वागी खानेसँगै स्थानीय मौलिक कला संस्कृतिको प्रस्तुति समेत गरिएको वडा अध्यक्ष प्रदीप पौडेलले जानकारी दिए ।
मेलाका अवसरमा मन्दिरहरूमा भाकल अनुसारको वली समेत चडाउने गरिन्छ ।
प्रतिक्रिया 4