८ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डमा ३१ कम्पनी हकप्रद सेयर निष्कासनका लागि आवेदन दिएका छन् ।
आवेदन दिएकामध्ये ८ कम्पनीले कागजी प्रक्रिया पूरा गरेका छन् । यद्यपि बोर्डले ती कम्पनीबारे अध्ययन पूरा नगरेकाले स्वीकृति पाइसकेका छैनन् ।
आवेदन दिएकामध्ये १९ कम्पनी जलविद्युत् समूहका छन् । त्यस्तै लगानी समूहका २, उत्पादन तथा प्रशोधन समूहका ३, होटल तथा पर्यटन समूहका २, निर्जीवन बीमा समूहका २, जीवन बीमा समूहका २ र अन्य समूहका २ कम्पनी छन् ।

प्रक्रिया पूरा भएपछि कम्पनीहरूले हकप्रद सेयर निष्कासनको स्वीकृति पाउँदै जाने बोर्डका प्रवक्ता निरन्जय घिमिरेले बताए ।
यीमध्ये नेपाल ल्युब आयलले सबैभन्दा धेरै १ बराबर २ को अनुपातमा हकप्रद सेयर निष्कासनका लागि आवेदन दिएको छ । यो कम्पनीको हाल बजारमा जम्मा १० लाख ६ हजार ९०४ कित्ता सेयर मात्रै सूचीकृत रहेको छ ।
सानिमा जीआईसी इन्स्योरेन्सले सबैभन्दा कम १० बराबर १.७ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएको छ ।
प्रतिक्रिया 4