+
+
Shares

इरानी गायिका परस्तु अहमदीलाई ७४ कोर्रा हान्ने सजायविरुद्ध संगीकर्मी एकजुट

परास्तु अहमदी र उनका चार सहयोगीलाई हिजाब नलगाई ‘कारवानसराय कन्सर्ट’ शीर्षकको भिडियो सार्वजनिक गरेको अभियोगमा कोर्रा हान्ने सजाय सुनाइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते २०:५८

इरानियन म्युजिक हाउसले इरानी गायिका परस्तु अहमदी र ‘कारवानसराय कन्सर्ट’ ब्यान्डका चार सदस्यलाई ७४ कोर्रा हान्ने सजाय सुनाइएकोप्रति कडा आपत्ति जनाएको छ ।

इरानियन म्युजिक हाउसले विज्ञप्ति जारी गर्दै उक्त सजायको निन्दा गरेको हो । उसले यस घटनाका कानुनी तथा न्यायिक पक्षको तत्काल र पारदर्शी छानबिन गर्न माग गरेको छ ।

यसअघि उक्त फैसलाबारे न्यायपालिकाको सञ्चार केन्द्रका प्रमुखसँग स्पष्टीकरण मागेको थियो । जवाफमा फैसला अन्तिम नभएको र अन्तिम रूप दिइएपछि आधिकारिक घोषणा गरिने बताइएको थियो ।

म्युजिक हाउसले मुद्दाको सुनुवाइ प्रक्रिया, कलाकारहरूलाई सफाइ दिने तथा मुद्दा बन्द गर्ने विषयमा भएका घटनाक्रमबारे पारदर्शिता अपनाउन माग गरेको छ ।

संस्थाले गायनसहित संगीत क्षेत्रमा महिलाले व्यावसायिक रूपमा काम गर्न पाउने अधिकारको समर्थनसमेत गरेको छ ।

यो सजाय सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पनि व्यापक प्रतिक्रिया देखिएको छ । गायिका तथा संगीतकार हाना कमकारले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै उक्त सजायलाई ‘अमानवीय र क्रूर’ भनेकी छन् ।

त्यस्तै, यसअघि आफैँ पनि ७४ कोर्रा हान्ने सजाय पाएका गायक मेहदी याराहीले परास्तु अहमदीको प्रस्तुति पुन: सार्वजनिक गर्दै उनीप्रति ऐक्यबद्धता जनाएका छन् ।

मानवअधिकारकर्मी जेइनब जमानले एक्समा लेखेकी छन्, ‘उनको कन्सर्ट भर्चुअल थियो, तर कोर्रा वास्तविक थिए ।’

परास्तु अहमदी र उनका चार सहयोगीलाई हिजाब नलगाई ‘कारवानसराय कन्सर्ट’ शीर्षकको भिडियो सार्वजनिक गरेको अभियोगमा कोर्रा हान्ने सजाय सुनाइएको हो ।

सन् २०२४ डिसेम्बरमा युट्युबमा सार्वजनिक गरिएको उक्त भिडियोमा परास्तु हिजाब नलगाई गीत गाइरहेको अवस्थामा देखिन्छिन् ।

भिडियो सार्वजनिक भएपछि कोमस्थित फौजदारी अदालतले परास्तु अहमदी र ‘कारवानसराय कन्सर्ट’ समूहका सदस्यहरूविरुद्ध मुद्दा चलाएको थियो ।

उनीहरूमाथि साइबर स्पेसमा अश्लील तथा अनैतिक सामग्री तयार पारेको र सार्वजनिक गरेको आरोप लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?