+
+
Shares

काठमाडौं विमानस्थलबाट अवैध सुनसहित २ चिनियाँ नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ९ गते ७:१४

९ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ नागरिक अवैध सुनसहित पक्राउ परेका छन् ।

उनीहरूको साथबाट २ हजार ३४८ ग्राम अवैध सुन बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जना चिनियाँ महिलाहरू हुन् । उनीहरू क्याथे प्यासेफिक एयरलाइन्सको उडानबाट गएराति काठमाडौं आएका थिए ।

यसबारे थप विवरण खुल्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?