+
+
Shares

बैतडी अदालतको निवासमा प्रहरी जवान मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ९ गते १४:३८

९ मंसिर, धनगढी । बैतडीमा अदालतको निवासमा प्रहरी जवान मृत भेटिएका छन् ।  दार्चुलाको गाउँपालिका–४ का घर भएका भूपेन्द्र राम पार्की मंगलबार साँझ मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दीपक रायले अदालतभित्र ब्यारेकमा कार्यरत रहेका पार्की आफ्नै सुत्ने निवासमा मृत भेटिएको बताए । उनकाअनुसार उनी भित्रबाट चुकुल लगाएको अवस्थामा मृत भेटिएका हुन् ।

उनको शव परीक्षणपछि बुधबार आफन्तले बुझेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?