+
+
Shares

सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारी हटाउन अध्यादेश ल्याउन लागिएको भन्दै विरोध

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ९ गते १५:५३

९ मंसिर, काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी हटाउने उदेश्यले अध्यादेशमार्फत ऐन संशोधन गर्न लागिएको भनेर विरोध भएको छ ।

सुदूरपश्चिम प्रदेशका विद्यार्थी संगठनहरूले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयको स्वायत्तता, संस्थागत स्थायित्व र शैक्षिक विकासमा प्रतिकूल असर पर्ने कुनै पनि निर्णय नगर्न आग्रह गरेका छन् ।

अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समिति र अनेरास्ववियु सुदूरपश्चिम प्रदेश समितिले बुधबार बुझाएको ज्ञापनपत्रमा विश्वविद्यालयका लागि निर्धारण गरिएको ९० सिटमा कुनै पनि बहानामा बढाउने, प्रक्रिया वा नाममा कटौती अथवा खारेज नगर्न माग गरेका छन् ।

ज्ञापनपत्रमा विश्वविद्यालयको स्थापना सुदूरपश्चिम प्रदेशका जनताको दशकौँदेखिको संघर्ष, प्रतिभा र आकांक्षाको प्रतिफल भएको उल्लेख छ ।

लामो प्रयास र निरन्तर संघर्षपछि २०८३ असोज ३० गते प्रधानमन्त्रीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकबाट एमबीबीएसलगायत स्वास्थ्य विज्ञानका विभिन्न शैक्षिक कार्यक्रमका लागि कुल ९० सिट निर्धारण हुनु विश्वविद्यालयको शैक्षिक तथा संस्थागत विकासको ऐतिहासिक उपलब्धि भएको पनि ज्ञापनपत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?