९ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा विद्युत् चुहावट १२.१६ प्रतिशतमा झरेको जनाएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार आव २०८२/८३ मा विद्युत् चुहावट १२.१६ प्रतिशतमा सीमित भएको हो ।
आव २०८१/८२ मा भने विद्युत् चुहावट १२.२६ प्रतिशत रहेको थियो ।
सरकारले आव २०८२/८३ मा विद्युत् चुहावटलाई १२.२० प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आव २०८२/८३ मा विद्युत् चुहावट १२ दशमलव २० प्रतिशतमा झार्ने लक्ष्य राखेपनि सो अवधिमा भने १२ दशमलव १६ प्रतिशतमा झर्न सफल भएको हो ।
प्राधिकरणका अनुसार चोरी, मर्मतसम्भारको कमजोरी, लोड म्यानमेन्टका कुराले विद्युत् चुहावट हुनेगर्छ । हाल प्राविधिक समस्या आउँदा तत्कालै रेस्पोन्स गरेकाले पनि चुहावट नियन्त्रण हुँदै गएको हो ।
विद्युत् नेटवर्क स्तरोन्नति, समयमा मर्मतसम्भार र प्राविधिक पक्षको सुधारलाई आक्रामक रुपमा अगाडि बढाइ चुहावट नियन्त्रणलाई तीव्रता दिइएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारको तथ्याङ्क हेर्दा दक्षिण एसियामा औसतमा १३.८ प्रतिशत चुहावट रहेको छ ।
प्रतिक्रिया 4