+

साबा च्याम्पियनसिपमा नेपालको पहिलो खेल भारतसँग

२०८३ मंसिर  १० गते १३:१९ २०८३ मंसिर १० गते १३:१९

१० मंसिर, काठमाडौं । भारतको चेन्नईमा आयोजना हुने सातौं साबा च्याम्पियनसिप बास्केटबलमा नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोलीले पहिलो खेल भारतसँग खेल्ने भएको छ ।

सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले डिसेम्बर ५ मा भारतसँग पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुआत गर्ने नेपाल बास्केटबल एसोसिएसन (नेबा) ले जनाएको छ ।

डिसेम्बर ५ देखि १० तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा दक्षिण एसियाका पाकिस्तान बाहेक ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल र भारतसँगै बंगलादेश समूह ‘ए’ मा छ भने श्रीलंका, माल्दिभ्स र भुटान समूह ‘बी’ मा छन् । नेपालले डिसेम्बर ५ मा आयोजक भारतसँग पहिलो र डिसेम्बर ६ मा बंगलादेशसँग दोस्रो खेल खेल्नेछ ।

समूह चरणका खेल डिसेम्बर ७ सम्म चल्नेछन् । त्यसपछि डिसेम्बर ८ मा सेमिफाइनल प्रवेशका लागि क्वालिफिकेसन खेल हुनेछ ।

यस पटक प्रतियोगिताको फर्म्याट केही फरक रहेको छ । समूहका शीर्ष टोली भने सोझै सेमिफाइनल पुग्दा बाँकी टोलीले सेमिफाइनल पुग्न क्वालिफिकेसन म्याच खेल्नुपर्नेछ ।

समूह चरणको खेलपछि समूह ए र समूह बी का विजेता टोली सिधै सेमिफाइनल प्रवेश गर्नेछन् ।

समूह ‘ए’ र ‘बी’ का दोस्रो र तेस्रो स्थानमा रहने टोलीले सेमिफाइनल प्रवेशका लागि क्वालिफिकेसन म्याच खेल्नेछन् ।

समूह ए को दोस्रो र समूह बी को तेस्रो तथा समूह बी को दोस्रो र समूह ए को तेस्रो स्थानमा रहने टोलीबीच क्वालिफिकेसन म्याच हुनेछ ।

डिसेम्बर ८ मा क्वालिफिकेसन म्याच हुनेछ । डिसेम्बर ९ मा सेमिफाइनल तथा पाँचौं/छैटौं स्थानका लागि वर्गीकरण खेल हुनेछ । प्रतियोगिताको फाइनल र तेस्रो स्थानको खेल डिसेम्बर १० मा हुनेछ ।

साबा च्याम्पियनसिप बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय