+
+
Shares

इरानले भन्यो- आणविक कार्यक्रम रोक्न सकिन्न

इरानको आणविक ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामीले देशको नागरिक आणविक कार्यक्रमलाई रोक्न नसकिने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते १५:२९

इरानको आणविक ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामीले देशको नागरिक आणविक कार्यक्रमलाई रोक्न नसकिने बताएका छन् ।

इस्लामीले इरानले आणविक हतियार बनाउन खोजिरहेको भन्ने दाबीहरू काल्पनिक भएको बताएका छन् । त्यस्ता आरोप इरानको वैज्ञानिक प्रगतिलाई रोक्ने उद्देश्यले लगाइएको उनको भनाइ छ ।

गिलान प्रान्तको रसतमा स्थापना गरिएको नयाँ विकिरण प्रशोधन केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै इस्लामीले यस्तो धारणा राखेका हुन् ।

तेहरानले लामो समयदेखि आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण र नागरिक प्रयोजनका लागि मात्रै भएको बताउँदै आएको छ । इरानी सरकारका अनुसार आणविक प्रविधि विद्युत् उत्पादन, चिकित्सा अनुसन्धान र कृषि क्षेत्रमा प्रयोग हुँदै आएको छ ।

तर इजरायलले भने इरानले आणविक हतियार बनाउन खोजिरहेको आरोप लगाउँदै आएको छ ।

यद्यपि, इजरायलसँग आफ्नै अघोषित आणविक हतियार भण्डार रहेको छ । इजरायलसँग दर्जनौँ आणविक हतियार रहेको अनुमान गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?