+
१०औं राष्ट्रिय खेलकुद :

पुरुष क्रिकेटमा आर्मीको विजयी सुरुवात

२०८३ मंसिर  १० गते १४:०० २०८३ मंसिर १० गते १४:००

१० मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६७ रनले पराजित गरेको छ।

बिहीबार कालुन्चोक क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७७ रन बनाएको थियो।

आर्मीका कप्तान विनोद भण्डारी र कुशल मल्लले समान ३६ रन बनाए। मल्लले दुई छक्का र चार चौका प्रहार गरे भने भण्डारीले ३६ बलमा एक छक्का र तीन चौकासहित ३६ रन जोडे। वशिर अहमदले २७ तथा त्रितराज दासले ११ बलमा २४ रन बनाए। भीम सार्की भने दुई बल खेलेर खाता नखोली आउट भए।

गण्डकीका कप्तान विपिन खत्रीले २८ रन खर्चेर तीन विकेट लिए। कृष्ण पौडेल र सुदीप अर्यालले समान दुई विकेट हात पारे। गण्डकीले अतिरिक्त रूपमा २१ रन दिएको थियो।

जवाफमा १७८ रनको लक्ष्य पछ्याएको गण्डकी १७ ओभरमा ११० रनमै अलआउट भयो। ईश्वर क्षेत्रीले १५ बलमा पाँच चौकासहित सर्वाधिक २६ रन बनाए। सोहेल कुँवरले २२ र वंश क्षेत्रीले १६ रन जोडे पनि टोलीलाई जिताउन सकेनन्।

आर्मीका तिलकराज भण्डारीले तीन ओभरमा १२ रन खर्चेर पाँच विकेट लिए। उनी म्यान अफ द म्याच घोषित भए। नरेन साउदले दुई तथा कुशल मल्लले एक विकेट लिए।

पहिलो जितसँगै आर्मीले प्रतियोगितामा दुई अंक जोडेको छ। यसअघि पहिलो जित हात पारेको कर्णाली प्रदेशको पनि दुई अंक छ।

१०औँ राष्ट्रिय खेलकुद पुरुष क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय