+

एसिया पेसिफिक ट्रेल रनिङ च्याम्पियनसिपमा नेपालकी निर्मला तेस्रो

२०८३ मंसिर  १० गते १८:०२ २०८३ मंसिर १० गते १८:०२

१० मंसिर, काठमाडौं । नेपाली ट्रेल रनर निर्मला राईले चिनमा भएको एसिया पेसिफिक ट्रेल रनिङ च्याम्पियनसिपमा तेस्रो स्थान हात पार्दै कांस्य पदक जितेकी छिन् ।

चीनको वुसियानमा बिहीबार भएको च्याम्पियनसिप अन्तर्गत निर्मलाले ८७ किमीको लङ ट्रेलमा तेस्रो स्थान हासिल गरेकी हुन् ।

उनले निर्धारित दूरी ९ घण्टा ३९ मिनेट ७ सेकेण्डमा पूरा गरिन् ।

चीनकै खेलाडीले स्वर्ण र रजत जिते । चीनमै जियाङ वेनल्ले ९ घण्टा ३२ मिनेट ३५ सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै स्वर्ण जितिन् ।

यस्ते चीनकै अन्ना लीले ९ घण्टा ३८ मिनेट १५ सेकेण्डमा दौड पूरा गर्दै रजत जितिन् ।

एसिया पेसिफिक ट्रेल रनिङ च्याम्पियनसिप निर्मला राई
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय