११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक चलिरहेको छ ।
८ मंसिरदेखि सुरु भएको बैठकमा बिहीबारसम्म ७० जना केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखिसकेका छन् ।
केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेकोले बैठक आज पनि बसेको कांग्रेसले जनाएको छ ।
बिहीबारको बैठकले होल्डिङ सेन्टरबाट सुकुमवासीलाई हटाउने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता लिन माग गरेको थियो ।
वैकल्पिक आवासको सुनिश्चितता नगरी विस्थापित सुकुमवासी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउन नहुने कांग्रेसको धारणा छ ।
सरकारको यो निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्म विपरीत रहेको कांग्रेसको ठहर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4