+
+
Shares

साढे ७ लाख बढीको अवैध सामान बरामद, एक जना पक्राउ

पक्राउ पर्नेमा सिरहा नगरपालिका–१५ बुधौराका १८ वर्षीय दुर्गेशकुमार यादव रहेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ११ गते १२:२७

११ मंसिर, सिरहा । सिरहा जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले ७ लाख ६५ हजार २०१ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। सोही क्रममा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका–१५ बुधौराका १८ वर्षीय दुर्गेशकुमार यादव रहेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको टोलीले बिहीबार जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रमा सञ्चालन गरेको सुरक्षा तथा निगरानी अभियानका क्रममा उक्त सामान बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा मोटरसाइकल, लत्ताकपडा तथा अन्य सामग्री नियन्त्रणमा लिइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?