+
+
Shares

राष्ट्रपतिसँग रास्वपा सभापति रवि लामिछानेको भेटवार्ता

हिजो प्रधानमन्त्री बालेनसँग भेटेका रविले आज राष्ट्रपतिलाई पनि भेटेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ११ गते १३:४८

११ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

हिजो रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका थिए । सो भेटमा बालेनको भारतको औपचारिक भ्रमण लगायतका विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्रीसँगको भेटपछि रविले आज राष्ट्रपतिलाई पनि भेटेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?