+
+
Shares

छठ मनाउन जनकपुर पुगे रास्वपा सभापति लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २८ गते १६:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित छठ पर्व मनाउन जनकपुरधाम पुगेका छन् ।
  • लामिछानेले आज जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा शुभकामना आदानप्रदान र सम्बोधन गर्ने कार्यक्रम छ ।
  • आइतबार उनले जनकपुरधाम र आसपासका धार्मिक स्थलको दर्शनपछि गंगासागरमा छठ पूजा अर्चना र अनुष्ठानमा सहभागी हुनेछन् ।

२८ कात्तिक, काठमाडौं । यसवर्षको छठ पर्व मनाउन रास्वपा सभापति रवि लामिछाने जनकपुरधाम पुगेका छन् । उनी केहीबेर अघि विमानमार्फत जनकपुर पुगेका हुन् ।

लामिछाने जनकपुर जाने कार्यसूची यसअघि नै बनिसकेको थियो ।

सभापति लामिछाने पत्नी निकिता पौडेलसहित जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गंगासागरमा विविधिपूर्वक छठ पर्व मनाउन जनकपुरधाम पुगेका हुन् । विमानस्थलमा उनीसँग कांग्रेस नेता विमलेन्द्र निधिसँग पनि जम्काभेट भएको थियो ।

रास्वपा मधेश प्रदेश कार्यालयले जारी गरेको सूचना तथा जानकारी पत्रअनुसार दिउँसो १ बजे जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा शुभकामना आदानप्रदान तथा सभापतिबाट सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

दिउँसो २ बजेदेखि ४ बजेसम्म सोही स्थानमा पार्टीका सबै तहका पदाधिकारीसँग सामूहिक भेटघाट तथा अन्तरक्रिया हुने तालिका छ । साँझ ५ बजे छठ पर्वको पूजा खरना तथा अन्य तयारीका लागि निर्धारित निवासस्थानतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

आइतबार बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म जनकपुरधामसहित आसपासका विभिन्न धार्मिक स्थलको दर्शन तथा अवलोकन गर्ने कार्यक्रम रहेको छ । यस क्रममा जानकी मन्दिर, लक्ष्मीनारायण मन्दिर, मिथियानी लक्ष्मीनारायण मठ, जलेश्वरनाथ मन्दिरलगायतका धार्मिक स्थल पुग्ने कार्यतालिका छ ।

आइतबार दिउँसो ३ बजेदेखि जनकपुरधामस्थित पवित्र गंगासागरमा आयोजना हुने छठ पर्वको पूजा अर्चना तथा धार्मिक अनुष्ठानमा सहभागी हुनेछन् ।

त्यस्तै, सोमबार बिहान ४ बजे उदाउँदो सूर्यलाई अघ्र्य अर्पण तथा छठ पर्वको विधि अनुष्ठानमा सहभागी भएपछि बिहान ८ बजे जनकपुर विमानस्थलबाट बिदाइ तथा प्रस्थान गर्ने कार्यक्रम रहेको रास्वपा मधेश प्रदेश कार्यालयले जनाएको छ ।

मधेश प्रदेशका महामन्त्री मानिकुमार साहद्वारा हस्ताक्षरित सूचनामा पार्टीका सम्पूर्ण तहका पदाधिकारी, सांसद, सदस्य तथा शुभेच्छुकहरूलाई आवश्यक समन्वय, सहकार्य र उपस्थितिका लागि आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?