News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही–४ जाने भएका छन् ।
- थापाको सचिवालयले छठ पूजाको दिन उनी आफ्नो निर्वाचन क्षेत्र जाने कार्यक्रम तय भएको जनाएको छ ।
- सचिवालयका अनुसार थापाले आज नेपाल संवतको कार्यक्रम र म्हः पूजामा पनि सहभागी हुँदै छन् ।
२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् ।
उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने भएका हुन् ।
उनको सचिवालयले छठ पूजाको दिन सभापति थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाने कार्यक्रम तय भएको जनाएको छ ।
सचिवालयले भनेको छ, ‘भोलि सामान्य तरिकाले घरमै तिहार मनाउने कार्यक्रम छ ।’
सचिवालयका अनुसार सभापति थापा आज (मंगलबार) नेपाल संवतको कार्यक्रम र म्हः पूजामा सहभागी हुँदै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4