+
१०औं राष्ट्रिय खेलकुद :

पुरुष क्रिकेटमा मधेशले पुलिसलाई हरायो

२०८३ मंसिर  ११ गते १९:०६ २०८३ मंसिर ११ गते १९:०६

११ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा मधेश प्रदेशले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

समूह ‘डी’ अन्तर्गत शुक्रबार कालुन्चोक क्रिकेट मैदानमा भएको खेलमा मधेशले पुलिसलाई २९ रनले पराजित गरेको हो । मधेशले दिएको १६७ रनको लक्ष्य पछ्याएको पुलिसले पूरा २० ओभरमा सबै विकेट गुमाएर १३७ रन मात्र बनायो ।

पुलिसका लागि रासिद खानले सर्वाधिक ४१ रन बनाए । चन्द्रकान्त पौडेलले १९ तथा श्रवण यादवले १६ रन बनाए । दिलिप नाथले १४ तथा सागर ढकालले १० रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेशले २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो । सन्तोष कार्कीले सर्वाधिक ६० रन बनाए भने विवेक यादवले ३७ रन बनाएर अविजित रहे ।

पुलिसका रासिद खान, चन्द्रकान्त पौडेल, दीपक सेरला र श्रवण यादवले १-१ विकेट लिए ।

यो समूहमा पुलिस र मधेश मात्र छन् । दुई टिममात्र भएकोले समूहमा दुई खेल खेलाएर समुह विजेता टुङ्गो लगाइने दशाैं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटका संयोजक तथा क्यान केन्द्रीय सदस्य श्री केसीले जानकारी दिए ।

‘क्रिकेटमा ११ टिम भएकोले त्यो समूहमा दुई टिम मात्र भयो । त्यसैले दुई खेल हुनेछ । अब मधेशले अर्को खेल जितेमा सिधै सेमिफाइनल पुग्नेछ। पुलिसले जितेमा रनरेट निर्णायक हुनेछ’ उनले भने ।

१०औँ राष्ट्रिय खेलकुद पुरुष क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय