११ मंसिर, सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फुलकन्ट्याक्ट कराते प्रतियोगिता सुरु भएको छ।
शुक्रबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री मल्लले प्रतियोगितालाई सभ्य र भव्य बनाउनुपर्ने बताए।
‘दशौँ राष्ट्रिय खेलकुद हाम्रो महाकुम्भ हो,’ उनले भने, ‘सबै मिलेर यसलाई सभ्य र भव्य बनाउनुपर्छ।’
कभर्डहलमा भइरहेको प्रतियोगितामा १० टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतिक्रिया 4