+
+
Shares

पेरूमा हेलिकोप्टर दुर्घटना : आठ सैनिकको मृत्यु, पाइलटमात्रै जीवित

दुर्घटनाको कारण भने खुल्न सकेको छैन । उद्धार गरिएका तीन सैनिकलाई कुन कारणले उद्धार गर्नुपरेको थियो भन्नेबारे पनि अधिकारीहरूले स्पष्ट पारेका छैनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १२ गते १६:०४

१२ मंसिर, काठमाडौं । पेरूमा सैनिक बोकेको हेलिकोप्टर दुर्घटना हुँदा आठ सैनिकको मृत्यु भएको छ । दुर्घटनामा हेलिकोप्टरका पाइलट भने जीवितै रहेको पेरूको रक्षा मन्त्रालयले जनाएको छ ।

लागुऔषध उत्पादन तथा तस्करीका लागि कुख्यात दुर्गम क्षेत्रमा बिहीबार राति हेलिकोप्टर सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर अपुरिम्याक, एने र मन्तारो नदीको उपत्यका (भ्राएम) क्षेत्रमा पर्ने सनाबाम्बा सहरनजिक दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ ।

सैनिकको गस्ती टोलीलाई उक्त क्षेत्रबाट उद्धार गरी सुरक्षित स्थानमा लैजाने अभियानमा हेलिकोप्टर खटिएको थियो । बीबीसीका अनुसार दुर्घटनाअघि हेलिकोप्टरले तीन सैनिकको उद्धार गरिसकेको थियो ।

पेरूको रक्षा मन्त्रालयले खोजी तथा उद्धार अभियानका क्रममा दुर्घटनाग्रस्त हेलिकोप्टर र त्यसमा सवार नौ सैनिक फेला परेका जनाएको छ । जसमध्ये आठ सैनिकको मृत्यु भएको छ भने पाइलट एक्लै जीवित बच्न सफल भएका छन् ।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन । उद्धार गरिएका तीन सैनिकलाई कुन कारणले उद्धार गर्नुपरेको थियो भन्नेबारे पनि अधिकारीहरूले स्पष्ट पारेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?