२० मंसिर, काठमाडौं । एमबीबीएस छात्रवृत्तिका लागि शनिबार लिइएको परीक्षा रद्द भएको छ । परीक्षा सुरु हुनुअघि नै गोल्डेनगेट कलेजबाट प्रश्नपत्र आउट भएको थियो ।
विद्यार्थीसँगै १० लाखसम्म लिएर प्रश्नपत्र आउट गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोल्डेनगेटका निर्देशकसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रश्नपत्र आउट भएपछि शिक्षा मन्त्रालयले साँझ विज्ञप्ति निकालेर परीक्षा रद्द गरिएको जनाएको छ ।
अर्को परीक्षा २७ गते शनिबार १ बजेका लागि तोकिएको छ ।
साथै मन्त्रालयले प्रश्नपत्र सार्वजनिक गर्नेहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाइएको छ । प्रश्नपत्र आउट गर्न खोज्नेहरुको कुनै सूचना भए जानकारी गराउन समेत आग्रह गरेको छ ।
परीक्षा केन्द्र भने पछि तोकिने सहसचिव हरिप्रसाद लम्सालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4