+
+

उन्नती मार्इक्रो फाइनान्सको केन्द्रीय कार्यालय उदघाटन

२५ मंसिर, भैरहवा । रुपन्देहीको पडसरीमा केन्द्रीय कार्यालय रहेको उन्नती माईक्रो फाईनान्स वित्तीय लिमिटेडले बिहीबारदेखि कारोबार शुरु गरेको छ ।

फाइनान्स कम्पनीको नेपाल राष्ट्र बैक सिद्धार्थनगरका व्यवस्थापक हरिशरण केसीले उद्घाटन गरे । लुम्बिनी अञ्चलका पाँच जिल्ला रुपन्देही, कपिलबस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीसहित प्युठान, मनाङ, मुस्ताङ, पर्वत लगाएत १० जिल्लामा कारोबार गर्ने फाइनान्सका अध्यक्ष भरत कुमार शाहले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २५ गते १५:५०

सलमान खान

२५ मंसिर, भैरहवा ।  रुपन्देहीको पडसरीमा रहेको उन्नती माईक्रो फाईनान्स वित्तीय लिमिटेडको केन्द्रीय कार्यालय बिहीबार उदघाटन गरिएको छ ।

फाइनान्स कम्पनीको नेपाल राष्ट्र बैक सिद्धार्थनगरका व्यवस्थापक हरिशरण केसीले उद्घाटन गरेका हुन् । लुम्बिनी अञ्चलका पाँच जिल्ला रुपन्देही, कपिलबस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीसहित प्युठान, मनाङ, मुस्ताङ, पर्वत लगाएत १० जिल्लामा कारोबार गर्ने फाइनान्सका अध्यक्ष भरत कुमार शाहले जानकारी दिए ।

फाइनान्सको उद्घाटन पछि बोल्दै राष्ट्र बैंकका व्यवस्थापक केसीले गरिवी निवारणका लागि माइक्रोफाइनान्स कम्पनीले ठुलो टेवा पुर्‍याउने बताए । उनले माईक्रोफाइनान्स आम नागरिकसँग प्रत्यक्ष रुपमा पुगेर कारोबार गर्ने भएकाले गरिवी निवारण र रोजगार प्रदान गर्न ठुलो टेवा पुर्‍याएको बताए ।

वित्तीय संस्था ‘ग्राहक मैत्री नवीनतम लघुवित्त सेवा’ भन्ने नारासहित नेपालको लघुवित्त उद्योगमा प्रवेश गरेको यस फाइनान्सले नवीनतम प्रविधीमार्फत विपन्न वर्गमा आफ्नो सेवा पुर्‍याई वित्तीय पहुँचको ग्याप घटाउने संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकले बताए ।

उनले संस्थाको ४ करोड ४० लाख अधिकृत पुँजी, २ करोड २० लाख जारी पुँजी र १ करोड ५४ लाख चुक्ता पुँजी रहेको जानकारी दिए ।
सो अवसरमा पुणिर्मा विकास बैकका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङ, फाइनान्सका रामकृष्ण खाँणलगायतले साना किसान र सानो पुँजी भएकाहरुलाई सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?