+
+

अब घुमुवा प्रहरीलाई हटाइने, अनुसन्धानका लागि छुट्टै समूह

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ३ गते ६:२३

३ पुस, काठमाडौं । सूचना संकलनका नाममा खटाइने घुमुवा प्रहरीलाई प्रहरी मुख्यालयले हटाउने भएको छ । सूचना संकलन र अपराध अनुसन्धानका लागि छुट्टै समूह बनाएर खटाउने तयारी मुख्यालयको छ ।

प्रहरी मुख्यालयले अपराध अनुसन्धान समूह बनाई घुमुवा प्रहरीलाई विस्थापन गर्न लागेको नयाँ पत्रिकामा खबर छ । ‘अब घुमुवा प्रहरी रहँदैनन्,’ नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख एआईजी सुरेन्द्रबहादुर शाहले भने, ‘अपराध अनुसन्धान समूहका प्रहरीलाई यस्तो सूचना संकलन तथा अपराध अनुसन्धानका काममा खटाइने छ ।’

प्रहरीका हाकिमहरुले आफ्ना विश्वासिला प्रहरीलाई सादा पोसाकमा खटाउँदै आएका थिए । सूचना संकलनभन्दा पनि हाकिमका लागि प्रसा संकलनमा लाग्ने भएकाले घुमुवा प्रहरी पटक-पटक विवादमा तानिँदै आएका छन् । प्रायः एउटै प्रहरी घुमुवाका रुपमा लामो समयदेखि काम गर्दै आएका छन् । यस्तो समस्यालाई समाधान गर्न प्रहरीले अपराध अनुसन्धानका काम गर्नेहरुको छुट्टै समूह बनाएर व्यवस्थि तगर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?