+
+

काठमाडौंमा चोरी गरेर तराईमा बच्ने समूह पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १९ गते १६:४०

१९ पुस, काठमाडौं । राजधानीको कलंकीमा सटर फुटाएर मोबाइल चोरी गर्ने तीन जना रौतहटबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाही मुर्तिया ७ का २२ वर्षीय सुरेश चौधरी, रौतहट बिश्रामपुर ४ का २५ वर्षका प्रमोदप्रसाद यादव र संग्रामपुर २ का २७ बर्षीय बिजेन्द्र चौधरी छन् ।

पक्राउ परेका मध्ये बिजेन्द्र चौधरीलाई यसअघि मोटरसाइकल चोरी मुद्धामा धरौटीमा छुटेका थिए ।

कलंकीस्थित ईन्द्र बहादुर श्रेष्ठको ‘होप मोवाईल कन्सर्न’मा कात्तिक १० गते सटर फुटाएर १२ लाखको मोवाईल सेटहरु चोरी भएको थियो ।महानगरी अपराध महाशाखा हनुमानढोकाका अनुसार अनुसन्धानका क्रममा चोरीका संग्लन व्यक्तिहरु रौतहट तिरका भएको भन्ने खलेपछि प्रहरीले विशेष टोली पुस १२ गते रौतहट पठाएको थियो ।

उनीहरु शुक्रबार मोबाइल सेटसहित पक्राउ परेको प्रहरीले जनाएको छ । प्रारम्भिक सोधपुछका क्रममा उनीहरु काठमाडांैबाट मोवाइल तथा ल्यापटपहरु चोरी गर्ने र तराईका बिभिन्न स्थानहरुमा लगेर भारतबाट सस्तोमा लिएर आएको भनि बेच्ने गरेको खुलेको अपराध महाशाखाले जनाएको छ ।

उनीहरुको साथबाट ४२ थान मोबाइल सेट, एक थान आइप्याड र मोइबलका ६ थान व्याट्री बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?