+
+

बारीमा गाडिएको डेढ करोड कुहियो

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १० गते ६:४१

१० माघ, काठमाडौं । मेघा बैंकबाट ठगी भएको दुई करोड नौ लाखमध्ये एक करोड ४० लाख कुहिएको अवस्थामा फेला परेको छ । जमिनमुनि खाल्डो खनेर लुकाएको अवस्थामा धादिङको सलाङ गाविसबाट प्रहरीले खनेर पैसा निकालेको नयाँ पत्रिकामा खबर छ ।
‘एक वर्षपछि मात्र उक्त पैसा चलाउनु नत्र पत्ता लाग्छ भनेर मुख्य योजनाकार तथा बैंकका पूर्वकर्मचारी राजेन्द्र पाण्डेले भनेकाले उनीहरुले लुकाएर राखेका रहेछन्’ डीएसपी वसन्त रजौरेले भने, ‘प्रहरीले पत्ता लगाएर खानतलासी गर्न आउन सक्ने भएकाले उनीहरुले पैसा जमिनमा गाडेका थिए ।’
गत वर्ष माघ १२ गते मेघा बैंकको नयाँ सडक शाखाबाट नौलाख ९० हजार र माघ १३ गते राष्ट्रिय वाणिज्य बैंक भोटाहिटी शाखाबाट दुई करोड रुपेयाँ गरी जम्मा दुई करोड नौ लाख ९० जार रुपैयाँ क्लियरिङको माध्यमबाट जम्मा गरी ठगी भएको थियो । प्रहरीले गत साता बैंककबाट सञ्जय ढकाललाई पक्राउ गरी नेपाल ल्याएर अनुसन्धान गर्दा वास्तविकता खुलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?