+
+

प्रधानमन्त्री कोइरालाको धरान जाने कार्यक्रम रद्द

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ११ गते १३:०८

११ माघ, काठमाडौं । प्रधानमनत्री सुशील कोइराला आइतबार धरान जाने कार्यक्रम थियो । तर, प्रधानमन्त्रीले कार्यक्रममा आउँछु भनेर धरानवासीलाई निराश बनाएका छन् ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा सहभागी हुन पूर्वउपकूलपति डा. शेखर कोइरालाले प्रधानमन्त्रीलाई निम्तो दिएका थिए । प्रधानमन्त्रीले कार्यक्रममा सहभागी हुने वचन दिएपछि प्रधानमन्त्री आउने भन्दै प्रतिष्ठानमा उत्साह छाएको थियो ।

तर, आजै संविधानसभामा दोहोरो मुठभेड हुन सक्ने देखिएको र राजनीति परिस्थिति जटिल बनेकाले कार्यक्रममा जान नसकेको प्रधानमन्त्री कार्यालय स्रोतले अनलाइनखबरलाई बतायो ।

प्रधानमन्त्री नगए पनि दीक्षान्त समारोह भने रोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?