+
+

एम्बुलेन्सले किचेर एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १२ गते ९:२३

१२ माघ, विराटनगर । एम्बुलेन्सले किचेर मोरङको लेटाङमा एकको मृत्यु भएको छ । अाइतबार बेलुका को१च ७३७९ नम्बरको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिँदा मोरङको लेटाङ भोगटेनी-२ बस्ने इन्द्र रसाइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

एम्बुलेन्स व्याग गर्ने क्रममा रसाइलीलार्इ किचेको थियो । कोसी अञ्चल अस्पताल विराटनगरमा बिरामीलाई पुर्याई फर्कने क्रममा एम्बुलेन्स ब्याक गर्दा गम्भीर घाइते भएका रसाइलीको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

एम्बुलेन्ससहित चालक रङ्गेली–५ बस्ने ३८ वर्षीय दुलाल साह प्रहरी नियन्त्रणमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?