+
+

नेपालको संविधानसभा र आन्दोलनवारे हङकङमा छलफल

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १९ गते १०:४१

ramesh linden-1हङकङ । नेपालको संविधानसभा र आन्दोलनवारे हङकङमा छलफल भएको छ । एकिकृत नेकपा माओवादी पार्टी हङकङ शाखा र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा (लिरामुमो) प्रवास समिति हङकङको संयुक्त आयोजनामा भएको छलफल कार्यक्रममा बोल्दै एकीकृत नेकपा माओवादी नेता रमेशकुमार लिङदेनले आदिवासी जनजातिको मुक्तिदाता प्रचण्ड नै भएको जिकिर गरे । नेता लिङदेनले अहिले नै सहमतिको संविधान नवन्ने वताए ।

एकात्मकवादी राज्य संचालनको सोंच र चिन्तन वोकेको कांग्रेस र एमालेले जस्को संघर्ष र वलिदानको कारणले नेपालमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, उत्पीडित जाति वर्ग क्षेत्र र लिङ्गको समानुपातिक समावेसी प्रतिनिधित्व हुने मुद्दा लिएर आयो,  त्यसैलाई पाखा लगाउने काम गर्दै गणितीय खेलमा लागेको उनको भनाइ थियो ।

उनले आदिवासी जनजाति, मधेसी, उत्पिडीत, दलित, महिला मुक्तिको संविधान अब आन्दोलनबाट मात्र संभव भएको नेता लिङदेनले वताउए ।

आन्दोलनको लागि हङकङमा रहेको पार्टी, मोर्चा आदिवासी जनजाति लगायत ३० दल भित्र रहेको सवै हङकङवासी कार्यकर्तालाई सहयोग गर्न आग्रह गरे ।

जोर्डनस्थित भारतीय भूपू सैनिक क्लबमा आइतवार भएको छलफल कार्यक्रममा एनेकपा माओवादी हङकङ शाखाको अध्यक्ष रविन लिङदेनले नेपालमा भइरहेको आन्दोलनकोवारेमा अब खुल्ला रुपमा नै छलफल गरि अघि बढ्ने वताए ।

ramesh linden-2छलफल कार्यक्रममा लिम्बुवान राष्ट्रिय मोर्चाको अध्यक्ष अभिचन्द्र इङनामले पहिचानको मुद्घामा एनेकपा माओवादीको आन्दोललाई आफ्नो पार्टीले पूर्ण समर्थन गरेको वताए ।

एनेकपा माओवादी हङकङ शाखाको सल्लाहकार तथा लिरामुमो नेपालका सचिवालय सदस्य जेवी ओख्राबु, लिरामुमो प्रवास समिति हङकङमा अध्यक्ष इन्द्र लोक्सम, पार्टी सचिव युवराज तमु, नेपाली जनप्रगतिशील मंच हङकङमा अध्यक्ष धिरेन्द्र चाम्लिङ, तमु राष्ट्रिय मुक्ति मोर्चा (तरामुमो) हङकङका अध्यक्ष दुर्गा तमु, लिरामुमोका केस भुपेन्द्र चेम्जोङ, ललित आङबुहाङ, मोर्चा हङकङका सचिव मौसम इम्बुङ, कोषाध्यक्ष नरेन्द्र केरुङ, नीर तुम्बापो, मगर राष्ट्रिय मुक्ति मोर्चा हङकङका अर्जुन रानामगर, (तरामुमो)को सल्लाहकार वेलबहादुर तमु, उपाध्यक्ष नैन सिं तमु, पत्रकार तथा समाजसेवी कृष्णराज लाओती लगायत दुई दर्जन वक्ताहरुले संघीयताबारे धारणा राखेका थिए ।

एनेकपा माओवादी नेता लिङदेन लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको आन्तरिक छलफलका लागि एक हप्ताको लागि हङकङ आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?