+
+

स्थानीय निकायको चुनाव तत्काल गर्नुपर्छ : सिंह

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २८ गते १५:३२

२८ फागुन, चितवन । उपप्रधानमन्त्री प्रकाशमान सिंहले अन्तरिम समयका लागि भए पनि स्थानीय निकायको निर्वाचन तत्काल गर्नुपर्ने बताएका छन् ।

फाइल फोटो
फाइल फोटो

गणतन्त्र स्थापनापछिको आठौँ जिल्ला परिषद्बाट आउँदो आवका लागि पारित नीति कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रमलाई विहीबार भरतपुरमा सम्बोधन गर्दै स्थानीय विकासमन्त्री सिंहले सबै दलले घोषणापत्रमा दोस्रो संविधानसभाको निर्वाचनको छ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने उल्लेख गरेको स्मरण गराए ।

‘नयाँ सविंधान जारी भएपछि पनि स्थानीय निकायको निर्वाचन गर्न समय लाग्छ, अन्तरिम समयका लागि भए पनि स्थानीय निकायको निर्वाचन यथाशक्य छिटो गर्नुपर्छ,’ उनले भने । स्थानीय निकायको निर्वाचनले संविधान निर्माणमा कुनै असर नपर्ने बताउँदै उनले स्थानीय निकायको निर्वाचनका लागि बाटो खोल्न संशोेधित प्रस्ताव संसदमा पेस भइसकेको बताए ।

बजेट ९३ करोड

कार्यक्रममा स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले आउँदो आर्थिक वर्षका लागि जिविसका विभिन्न शीर्षकमा ९२ करोड ९९ लाखको बजेट सार्वजनिक गर्नुभयो । गत आवमा ५३ करोड २० लाख रूपैयाँ यथार्थ खर्च भएको थियो भने चालु आर्थिक वर्षको संशोधित बजेट करिब ७१ करोड ५९ लाख रूपैयाँ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?