+
+

नयाँ गभर्नरको तामझाम मन परेन : पूर्वअर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ९ गते १९:२९

९ चैत, काठमाडौं । नवनियुक्त गभर्नर चिरञ्जीवी नेपालले पद बहालीका क्रममा पाल टाँगेर तामझाम गरेको भन्दै पूर्वअर्थमन्त्री देवेन्द्रराज पाण्डेले आलोचना गरेका छन् ।

नागरिक समाजका अगुवासमेत रहेका पाण्डेले टि्वट मार्फत् गभर्नरको तामझामको अलोचना गरेका हुन् । पाण्डेले भनेका छन्-‘नयाँ गभर्नर चिरञ्जीवीलाई मेरो आशिर्वाद । सफलताको शुभकामना । तर, ….पदबहालीका लागि धुमधामको पाल टाँगेर तामझामको शैली पटक्कै मन परेन ।’

पाण्डेको टि्वटमा मेन्सन गर्दै बुक प्लसले लेखेका छन्- अनि, राष्ट्र बैंकले अनुगमन गर्नुपर्ने निकायबाट नै लाखौं खर्चेर गभर्नरलाई बधाइ दिने शैलीलाई चाप्लुसी भन्न मिल्छ कि मिल्दैन  ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?