Comments Add Comment

साढे ११ अर्बको दूरसञ्चार उपकरण आयात

१५ चैत, काठमाडौं । मलुकमा दूरसञ्चार सेवा विस्तार भएपछि यससँग सम्बन्धीत उपकरणहरुको आयात बढ्दै गइरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले यस्तो देखाएको हो ।

Tele-equipmentमुलुकमा चालु आर्थिक वर्षको माघ महिनासम्म ११ अर्ब ५९ करोड ४६ लाख रुपैयाँ बराबरको दूरसञ्चार उपकरण तथा पार्टसहरु आयात भएका छन् । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै ३ अर्ब रुपैयाँले बढी हो ।

अघिल्लो वर्षको माघ महिनासम्म ८ अर्ब ३३ करोड ५४ लाख रुपैयाँ बराबरको दूरसञ्चार उपकरण तथा पार्टसहरु आयात गरिएको थियो ।

माघसम्म चीनबाट ९ अर्ब १७ करोड ९३ लाख रुपैयाँ बराबरको दुरसञ्चार उपकरण आयात भएको छ भने २ अर्ब ४१ करोड ५३ लाख रुपैयाँ बराबरको तेस्रो मुलुकबाट आयात गरिएको छ ।

अहिले मुलुकमा नेपाल टेलिकम, युटिएल, एनसेल, एसटीएम टेलिकम सञ्चार, नेपाल स्याटेलाइट टेलिकम लगायतले दूरसञ्चार सेवा प्रदान गर्दै आएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार पुससम्म दुई करोड ६० लाख ५६ हजार ४ सय ६७ जनाको पहुँचमा टेलिकम सेवा पुगिसकेको छ । साथै, एक करोड २ लाख ७६ हजार ७ सय ४८ जना इन्टरनेट सञ्जालमा आवद्ध भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment