Comments Add Comment

एकैपरिवारका ३ जना आत्महत्या प्रकरणः सुसाइड नोट पढेर प्रहरी नै चकित !

Photo Credit : साङ्केतिक तस्वीर

२४ चैत, काठमाडौं । दुई दिनअघि चितवनमा एकैपरिवारका ३ जनाले आत्महत्या गरेको घटनाको अनुसन्धानका क्रममा एउटा सुसाइड नोट फेला पारेको छ, जसले प्रहरीलाई चकित बनाइदिएको छ ।

भरतपुर–१८, शशीनगरमा आमा माया आले मगर, छोरी विनिता र छोरा विवेकशले एउटै कोठामा ३ वटा सलमा झुण्डिएर आत्महत्या गरेका थिए । छोरा विवेकले लेखेको सुसाइड नोटमा बुबा आफूहरुलाई नसोधी घर बाहिर गएको भनिएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी प्रमुख एसपी सुशिलसिंह राठौरका अनुसार विवेकका बुबा नरबहादुर नेपाली सेनाको प्यूठ पदमा कार्यरत् छन् । उनी केहीदिन विदा लिएर घर आएका थिए तर, दुई दिन बसेर पुनः काठमाडौं फर्किए ।

बुबालाई संवोधन गरेर छोराले लेखेको नोटमा भनिएको छ, ‘बुबा, तपाईं हामीलाई नसोधी किन जानु भयो ? ममीले साह्रै दुःख मान्नु भएको छ । म पनि हजुरले दुःख दिनु भएकैले परीक्षामा फेल भएको हुँ ।’

उनी स्थानीय विद्यालयमा कक्षा ५ मा पढ्छन् । अनुसन्धान अधिकारीहरुका अनुसार आमा विनिताले पनि श्रीमान्लाई लामो म्यासेज लेखेकी छिन् । तर, त्यो डेलिभर भएको छैन ।

म्यासेजमा पनि छोराको सुसाइड नोटलाई पुष्टि हुने गरी विवरण रहेको प्रहरीको भनाइ छ । विनिताले लेखेकी छिन्, ‘अब तपाईंलाई हामी दुःख दिने छैनौं । सधैं अरुको कुरा सुन्नु । गुड बाइ तपाईंको उन्नति, प्रगति होस् ।’

स्थानीयवासीले आमाले पहिले छोराछोरीलाई झुण्ड्याएर आफूले पनि पासो लागेको आशंका गरेका थिए । तर, अनुसन्धान अधिकारी भन्छन्, ‘छोराछोरीले आमालाई एकदमै माया गर्ने गरेको देखिन्छ । त्यसैले आमाले नै आत्महत्या गर्न प्ररित गरेको हुनपर्छ ।’

हाल ३ जनाकै शवको भरतपुर अस्पतालमा पोष्टमार्टम भइसकेको छ । प्रहरीले शवको भिसेरा परीक्षणको पनि तयारी गरेको छ । सामान्यताः आत्महत्याको घटनामा मृतकले विष सेवन गरेको छ÷छैन भन्ने पत्ता लगाउन यो परीक्षण गरिन्छ ।

यसको मुख्य उद्देश्य मृतकले घटना अघि के खाएको थियो पत्ता लगाउन मात्र नभइ मृत्युको कारणबारे पनि पत्ता लगाउन मद्दत गर्ने फरेन्सिक विज्ञहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment