Comments Add Comment

जेन ट्राभल्सको सेवा अष्ट्रेलियामा सुरु

२४ चैत, काठमाडौं । जेन ट्राभल्सले अप्रिल २ देखि अष्ट्रेलियामा पनि सेवा सुरु गरेको छ । टेलिफोन र इमेलमा सातै दिन र २४ घण्टा नै सेवा दिने गरी सेवा सुरु गरेको जेन ट्राभल्सले जनाएको छ ।

अष्ट्रेलियामा रहेका भ्रमणकर्ताहरुले जेन ट्राभल्सको वेवसाइटमार्फत सेवा लिन सक्नेछन् ।

हाल नेपालमा उच्च शिक्षा अध्ययनका लागि पहिलो गन्तब्य अष्ट्रेलिया बनाउने विद्यार्थीको संख्या बढिरहेको छ । अष्ट्रेलियामा विदेशी विद्यार्थीको आँकडामा नेपालीहरु तेस्रो नम्बरमा रहेका छन् । अष्ट्रेलियामा रहेका विदेशी विद्यार्थीको करिब ८ प्रतिशत नेपाली रहेका छन् ।

सेवाग्राहीले भिसा, मास्टरकार्ड, अमेरिकन एक्सप्रेस वा बैंक डिपोजिटमार्फत पनि रकम भुक्तानी गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment