Comments Add Comment

विनाशकारी हुरी: ३० चैतमा शोक मनाउने प्रदेश सरकारको घोषणा

२४ चैत, जनकपुरधाम । प्रदेश २ सरकारले विनाशकारी हुरीमा परी ज्यान गुमाएकाहरुको सम्झनामा चैत ३० गते शोक मनाउने घोषणा गरेको छ ।

राष्ट्रिय शोक घोषणा गर्न गरेको आग्रहलाई संघीय सरकारले अस्वीकार गरेपछि प्रदेश सरकार आफैंले निर्णय लिएको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकहरुको १३ औं दिनको पुण्य तिथिमा चैत ३० गते शोक मनाउने निर्णय गरेको छ ।

त्यसदिन बिहान ११ बजेर २ मिनेटमा आम नागरिक, कर्मचारीसहित प्रदेशका सबैलाई सामूहिक रुपमा मौन धारण गर्न प्रदेश सरकारले आह्वान गरेको छ ।

बैठकले मृतक परिवारलाई किरिया खर्च वापत तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले जानकारी दिए ।

१८ चैतमा आएको विनाशकारी हुरीका कारण बारा र पर्सामा २८ जनाको ज्यान गएको छ भने सयौं प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment