Comments Add Comment

धेरै धुँवा फ्याल्ने सवारीविरुद्ध ट्राफिकको एक्सन, एकैदिन ४६ कारबाहीमा

२४ चैत, काठमाडौं । ट्राफिक प्रहरीले तीन दिनअघिबाट थालेको ‘उपत्यकाको प्रदुषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापन सुधार कार्ययोजना’ अन्तरगत एकैदिन बढी धुँवा फ्याल्ने ४६ वटा सवारी साधन कारबाहीमा परेका छन् ।

आइतबार बबरमहलमा गरिएको प्रदुषण जाँचका क्रममा बढी धुँवा फ्याकेको भेटिएका ती सवारी साधानलाई कारबाही गरिएको हो । महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तका अनुसार यातायात व्यवस्था विभागको दुई वटा प्रदुषण जाँच उपकरण र प्राविधिकको सहायतामा प्रदुषण जाँच गरिएको थियो ।

‘त्यसक्रममा पेट्रोलबाट चल्ने ३४ र डिजेलबाट चल्ने १२ वटा सवारी साधानमा फल्ट देखियो’, उनले अनलाइनखबरसँग भने, ‘हामीले जम्मा १ सय ५ वटा सवारी साधान जाँच गरेका थियौं ।’ चेकजाँचका क्रममा विभागका प्राविधिकसहित ट्राफिक प्रहरी निरीक्षकको कमाण्डमा एउटा टोली खटिएको थियो ।

पन्तका अनुसार यसरी कारबाहीमा परेको सवारी साधानको लाइसेन्स वा ब्लु बुक नियन्त्रणमा लिइन्छ । सवारी मर्मतपछि यातायात विभागमा पुनः चालकले चेकजाँच गराएर हरियो स्टिकर दिएपछि मात्रै कागज पत्र फिर्ता दिइनेछ ।

ट्राफिक प्रहरीले धुँवा फाल्ने सवारी साधनलाई ५ सय रुपैयाँ जरिवाना पनि तिराउँदै आएको छ ।

बानेश्वर क्षेत्रको अतिक्रमण हटाइयो

अभियान अन्तरगत आइतबारै बानेश्वर, कोटेश्वर र गौशाला क्षेत्रमा सडक फुटपाथ अतिक्रमणलाई क्लीयर गरिएको छ । अतिक्रमण गरेर राखिएका पसल र अन्य सामग्रीहरु हटाइएको हो ।

कोटेश्वरदेखि गौशाला र नयाँ बानेश्वरदेखि भिमसेनगोलासम्मको सडक फुटपाथ अतिक्रमण हटाइएको पन्तको भनाइ छ । त्यस्तै, न्यूरोड क्षेत्रमा दुई पांग्रे सवारी साधानका २ सय ३४ जना चालकलाई ५ मिनेट ट्राफिक सम्बन्धी सचेतना दिइएको छ ।

१२ सय बढीलाई पर्चा तथा पम्पलेट समेत वितरण गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment