Comments Add Comment

नेपालगन्ज रंगशालाको भीआईपी प्याराफिटको छाना हाल्न सुरु

२४ चैत, काठमाडौं । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन र समापन हुने नेपालगन्ज रंगशालामा निर्माण भइरहेको भीआइपी प्यारापिटको छानो लगाउने काम सुरु भएको छ ।

नेपालगन्ज रंगशालाको भीआइपी प्यारापिटको छानो हाल्ने काम आइतबारदेखि थालिएको हो । दुई दिनभित्र छानो लगाउने काम सकिने मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले जानकारी दिए ।

भीआईपी प्याराफिटको निर्माण धमाधम भइरहेको छ । प्याराफिट चीनबाट आधुनिक सामग्री ल्याएर जडान गर्न थालिएको हो ।

यता, मैदानमा लगाइएको बरमुडा दुबो पनि हरियाली भएको छ । फुटबल खेलका लागि दुबोसहित तयार पारिएको मैदान आजैदेखि मिलोउने काम भइरहेको छ ।

प्रतियोगिता नजिकिदै गर्दा निर्माण कार्यहरु पनि अन्तिम चरणमा पुगेको छ । अध्यक्ष ओलीले भने, ‘नेपालगन्ज रंगशालाका विभिन्न स्थानमा रुख, विरुवा रोप्ने काम भइरहेको छ । रंगशाला भित्र र बाहिर सरसफाईलाई पनि तीव्रता दिइएको छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले ५ वैशाखमा उद्घाटन गर्ने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन भने ११ गते प्रधानमन्त्री केपी ओलीले गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment